+
+
Shares

देउवाजीले मिलेरै जाऊँ भन्नुभएको छ, गठबन्धनको आवश्यकता अझै छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १७:४३

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका सबै घटकले आगामी चुनावमा पनि मिलेर जाने प्रस्ताव राखेको भन्दै यसको आवश्यकता अझै भएको बताएका छन् ।

शनिबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेर जानुपर्ने प्रस्ताव राखेको र प्रचण्डले पनि विगतका कमजोरीमा आत्मआलोचना गर्न तयार रहेको बताए ।

‘गठबन्धनका सबै घटकले हामीलाई मिलेरै जाऊँ भन्नुभएको छ’, नेपालले भने, ‘कांग्रेसका तर्फबाट शेरबहादुरजीले गठबन्धनको आवश्यकता छ, चुनावमा पनि मिलेर जाऊँ भन्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले विगतमा भएका कमजोरी स्वीकार्नुभएको छ, ती नदोहोरियोस् भन्नेमा सजग हुनुपर्छ भन्नु भएको छ ।’

उनले आफ्ना पार्टीका नेताहरुले पनि गठबन्धन गरेर जानुपर्ने धारणा राखेको भन्दै यसको अझै आवश्यकता रहेको बताए। स्थानीय चुनावमा करिब २८ प्रतिशत मात्रै उम्मेदवारी दिएकाले पनि आफूहरुको कुल मत कम आएको दावी गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?