+
+

बाढीले खारखोलाको पुलमा क्षति, बालबालिकालाई विद्यालय जान समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते ८:५१

१२ असार, गोरखा । आइतबार बिहान वर्षासँगै आएको बाढीले पालुङटार नगरपालिका-९ स्थित खारखोलाको पुलमा क्षति पुर्‍याएको छ । पानीको बहाव बढेर खोलाले पुलको एकातर्फको भागमा कटान गरेको छ ।

पुलमा अहिले आउजाउ बन्द रहेको स्थानीय दिपक अधिकारीले बताए । ‘खोलाले पुलको एकातर्फको भाग कटान गरेको छ’ उनले भने, ‘पुलमा समेत क्षति पुगेकाले आउजाउ गर्न सक्ने अवस्था छैन ।’

उनका अनुसार सो पुल हुदै धर्माेदय माध्यमिक बिद्यालयमा अध्ययनरत करिब १०० भन्दा बढी विद्यार्थी आउजाउ गर्ने गर्छन् । पारिडिहिका स्थानीयलाई बिर्दि बजार आउन पनि सोही पुल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

पुलमा क्षति पुगेर आवतजावत रोकिंदा स्थानीय समस्यामा परेका छन् । बेलैमा तारजालीको व्यवस्था गरेर कटान क्षेत्रलाई संरक्षण गर्न सके पुल जोगिन सक्ने स्थानीयले बताएका छन् ।

पुलको स्थलगत निरिक्षण गरेर मर्मत तथा संरक्षणका लागि आवश्यक पहल गर्ने वडाध्यक्ष भेजराज पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?