+
+

दिलमाया सुनार मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै दोहोरी कलाकार बालाजु वृत्तमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १३:५५

काठमाडौं । आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले माग गरेका छन् । उनीहरुले सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै बालाजु प्रहरी वृत्तमा दबाब दिएका छन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव शिव हमालले घटनाबारे निष्पक्ष र सत्यतथ्य अनुसन्धान हुनुपर्ने आफूहरुको माग रहेको बताए । झण्डै डेढ सय लोकदोहोरी कलाकार अहिले बालाजु चौकीमा भेला भएका छन् ।

उनका अनुसार मृतक सुनारको परिवारले प्रहरीमा जाहेरी दिने तयारी छ । बालाजु वृत्तका डीएसपी गौतम मिश्रले जाहेरीपछि अनुसन्धान अघि बढ्ने बताए । ‘हामीले घटनाबारे बुझ्ने काम गरिरहेका छौं । उहाँको परिवारसँग कुराकानी र जाहेरीपछि हामी घटनाबारे सार्वजनिक गर्छौं,’ उनले भने ।

दिलमायाका परिवार सुर्खेतबाट आजै काठमाडौंमा आइपुगेका छन् । दिलमाया सुर्खेत प्रतिष्ठानकी सदस्य समेत हुन् । प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा समेत उनी उत्कृष्ट भएकी थिइन् ।

शुक्रबार राति १ बजे २० मिनेटमा दिलमायाको फेसबुकबाट सुसाइड नोटजस्तो लाग्ने स्टाटस पोस्ट भएको थियो । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।

प्रहरीले दिलमायाका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । शुक्रबार बिहानै सूर्य दिलमायाको कोठामा पुगेको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?