+
+

हुम्लाकी सांसदको आक्रोश : कर्णालीमा वन मान्छे बस्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १४:२३

१२ असार, काठमाडौं । हुम्लाकी सांसद रंगमती शाहीले सरकारले कर्णालीलाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हुम्लामा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको र एउटा सरकारी आंगिक क्याम्पस पनि नरहेको भन्दै राज्यको कर्णालीलाई हेर्ने दृष्टिकोण कहिल्यै बदलिन नसकेको बताइन् ।

‘हुम्ला जिल्लाले अहिलेसम्म किताब पाएको छैन । एउटा आंगक क्याम्पस पनि पाएको छैन । म ४ वर्षदेखि आंगिक पाउनुपर्छ भनिरहेको छ, प्रोसेसमा छ भन्छन्, अहिलेसम्म शिक्षा मन्त्रालयको ध्यानाकर्षण किन हुँदैन’ उनले प्रश्न गरिन्, ‘कर्णालीलाई हेर्ने नजर किन बदलिएन, के कर्णालीमा बनमान्छे बस्छन् त ?’

नेपाली कांग्रेसको तर्फबाट सांसद रहेकी शाहीले विगतमा कांग्रेस प्रतिपक्षमा हुँदा यही प्रश्न उठाएको आफूले अहिले पनि त्यही प्रश्न गर्नुपरिरहेको बताइन् । सत्तापक्ष, प्रतिपक्ष दुबैले कर्णालीमा मान्छे बस्छन् भन्ने नठानेको उनको भनाइ छ ।

सांसद शाहीले संविधानले आमाको नाममा नागरिकता पाउने अधिकार दिए पनि अहिलेसम्म नागरिकता विधेयक रोकिँदा धेरै नागरिकहरु गैर नगरिक बनिरहेको बताइन् । राजनीतिक दलहरुले दलगत स्वार्थ हेर्दा नागरिकले नागरिकता पाउन नसकेको उनको भनाइ छ । त्यसैले ‘चाँडो भन्दा चाँडो यो विधेयक छलफल होस्’ सांसद शाहीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?