+
+

सौगातको ‘घनचक्कर’ दुई दिनमै हलबाट उत्रियो, निर्मातालाई ९० लाख घाटा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १८:४५

काठमाडौं । सौगात मल्ल अभिनित ‘कबड्डी ४’को विश्वव्यापी लाइफटाइम कलेक्सन ३५ करोड ग्रस हुने अनुमान छ । तर सौगात अभिनित केही फिल्म चाहिं पाँच लाख रुपैयाँ पनि कमाउन नसकेर दुई दिनमै हलबाट हट्नुपर्ने अर्को विडम्बना !

यो नियतिको सिकार भएको छ सौगात अभिनित पछिल्लो फिल्म ‘घनचक्कर’ । फिल्मले दुई दिनमा पाँच लाख रुपैयाँ ग्रस कमाएको छ । योसँगै फिल्मलाई मल्टिप्लेक्सले हलबाट हटाइदिएका छन् ।

वितरक सुनिल मानन्धरले घनचक्कर दुई दिनमै हलबाट ‘साफ’ भएको बताए । उनका अनुसार फिल्मको कुल एक करोड रुपैयाँ लगानीमध्ये डिजिटल राइट र हल रिलिजबाट फिल्मले १० लाख रुपैयाँ ग्रस कमाएको छ । निर्माताले ९० लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको छ ।

उनको अघिल्लो फिल्म ‘मन्त्र’ पनि दुई दिनमै हलबाट उत्रिएको थियो । सौगात स्वयंलाई पनि यो गणित थाहा नभएको होइन, उनले साथीभाइको अनुरोधलाई अस्वीकार गर्न नसक्दा यी फिल्म गर्न आफू बाध्य भएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?