+
+

इलाममा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १८:५३

१२ असार, काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो १२ बजेतिर मिक्लाजुङ–२ दहगाउँमा सडकबाट २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा इलामको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षका हिमप्रसाद लावती, उनकी श्रीमती ६० वर्षकी पदमकुमारी लावती र उनीहरुका ज्वाइँ इलामको माङ्सेबुङ गाउँपालिका-६ का ५० वर्षका जयराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार हिमप्रसाद र जयरामको घटनास्थलमै मृत्यु भएको हो भने पदमकुमारीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

जिपका चालक अनुप राई भने सामान्य घाइते छन् । चिप्लो सडकमा जिप अनियन्त्रित भएर पल्टिएको देखिएको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?