+
+

उपत्यकाका सामुदायिक विद्यालयमा सुस्तश्रवण बालबालिकालाई पुनर्स्थापना गर्नु पर्नेमा जोड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते २०:१५

१२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको प्रमुख रामराज सुवेदीले सुस्तश्रवण तथा अपाङ्गता भएका बच्चाहरुको लागि सामूदायिक विद्यालयमा शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने बताएका छन् ।

आइतबार श्रुति संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्‍दै उनले सुस्तश्रवण बालबालिकाहरुको भाषा, सञ्चार तथा शैक्षिक विकासको लागि पुर्नस्थापना गर्नु पर्नेमा जवड दिउ ।

उनले काठमाडौं उपत्यकाका कतिपय सामुदायिक विद्यालयमा सुस्तश्रवण बच्चाहरुलाई भर्ना लिन नमान्ने समस्या देखिएकोले उक्त समस्याको चाँडै समाधान गरिने बताए । उनले प्याबसनका प्रतिनिधिलाई पनि यस विषयमा ध्यान दिन र समस्या समाधानका लागी पहल गर्न आग्रह गरे ।

बालबालिकाहरुको पठनपाठन गर्ने अधिकार हनन् गर्न नहुने उनको विचार थियो । साथै, उनले सुस्तश्रवण भएकाहरुलाई चाहिने श्रवणयन्त्र प्रदान गर्न सहयोग गर्ने जिम्मा महानगरपालिकाको पनि भएकोले त्यसको लागि आफूहरुको पनि सहयोग गर्ने विश्वास दिलाए ।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव जमुना मिश्रले सुस्त श्रवण बच्चाहरुको समस्या समाधान गर्नको लागि तीनै तहको भूमिका महत्वपूर्ण रहने बताइन् ।

सुस्तश्रवण भएका बालबालिकाको समस्या समाधान तथा गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक, सरोकारवाला संस्थालगायतको उत्तिकै भूमिका रहने उनको भनाइ थियो । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तर्फबाट सुस्तश्रवण भएका बालबालिकाहरु गुणस्तरीय शिक्षा प्राप्त गर्न र भविष्य निर्माण गर्न सफल हुने आशा व्यक्त गरिन् ।

काठमाडौं महानगरपालिकाका अधिकृत भवानी कपालीले अपाँगता भएका व्यक्तिहरुको वर्गीकरणमा अझैपनि द्धिविधा भएकाले चाँडै नै अपाँगता वर्गीकरण र सेवासुविधा बारेमा नयाँ नीति नियम बनाएर लागू गर्ने बताइन् ।

उनले अपाङ्गता परिचयपत्र लिनको लागि पनि समस्या देखिएकोले त्यसको समाधानका लागि पहल गर्ने बताइन् । साथै, उक्त विषयमा निगरानी तथा पैरवी गर्ने निकायको रूपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेकोले मन्त्रालयको पनि ध्यान जानुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?