+
+

स्वास्थ्यमन्त्री खापुङको पहिलो निर्णय : ग्लोबल फण्डको रकम सरकार मातहत ल्याउन पहल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १२:४४

१३ असार, काठमाडौं । सरकारले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी तयारी गरेको छ । सोमबार नवनियुक्त मन्त्री भवानी खापुङले यससम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार अब यो प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेछ । हाल ग्लोबल फण्डको रकम गैर सरकारी निकाय सेभ द चिल्ड्रेनमार्फत खर्च हुँदै आएको थियो । तर सन् २०२४ मा सुरु हुने नयाँ साइकलका लागि ग्लोबल फण्डको रकम सरकारमातहत नै खर्च हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको प्रवक्ता डा. मिश्राले जानकारी दिइन् ।

सोमबार नै स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहण गरेका खापुङले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताएका छन् । उनले क्यान्सर, मुटु, मिर्गौलाजस्ता रोगको उपचारमा विशेष महत्व दिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?