+
+

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १६:१९

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा उनले मन्त्री बन्न सबैको पालो पुर्‍याउनुपर्ने चरित्र समाजवादी नभएको टिप्पणी गरे ।

‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’ उनले नेकपा एकीकृत समाजवादीतर्फत इंगित गर्दै उनले भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’

नेकपा एकीकृत समाजवादीले हालै सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर ४ जना नयाँ नेतालाई सरकारमा पठाएको छ । आइतबार शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट बाहिरिने क्रममा नेता रामकुमारी झाँक्रीले पत्रकार सम्मेलनमा आँसु झारेकी थिइन् । वरिष्ठ नेता पौडेलले एकीकृत समाजवादीले सबै नेताहरुलाई मन्त्री बन्न पालो पुर्‍याउन खोजेको भन्दै त्यो चरित्र समाजवादी नभएको बताएका हुन् ।

पौडेलले नारा समाजवादको गर्ने तर व्यवहार घोर प्रतिक्रियावादी समान्तवादीको गर्ने प्रवृत्ति देखिएको बताए । ‘अब हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?