+
+
Shares

शिक्षाविद् शर्माको निधनमा राष्ट्रपतिको शोक सन्देश

सन्देशमा मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा उनको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १८:२८

१५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति एवं शिक्षाविद प्राडा. सुरेशराज शर्माको निधनले आफू स्तब्ध भएको बताएका छन् । डा. शर्माको निधनमा समवेदन सन्देश दिँदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

सो समवेदना सन्देश राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले बिहीबार शर्माका परिवारजनलाई हस्तान्तरण गरेका छन् ।

सन्देशमा मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा उनको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरिएको छ ।

‘शिक्षालाई नै मुलुकको विकासको आधार मानेर यसको नीतिगत, प्राज्ञिक र भौतिक विकासको पक्षलाई जीवनभर प्राथमिकता दिनुहुने शर्माको निधन नेपालको शैक्षिक क्षेत्रको लागि अपुरणीय क्षति हो,’ सन्देशमा भनिएको छ, ‘मुलुकको शैक्षिक क्षेत्रको विकास र विस्तारमा डा शर्माको निष्ठा, लगाव र समर्पण भावी पुस्ताका लागि प्रेरणादायी हुने मैले विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?