+
+
Shares

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १२:३४

७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन मङ्गलबार अमेरिका प्रस्थान गरेपछि उनको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री डा.वाग्लेलाई तोकेका थिए । प्रधानमन्त्रीको सिफारिसमा रक्षा र परराष्ट्र मन्त्रालयको कार्यभार पनि उनलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?