
१३ असार, काठमाडौं । शहरमा बसोबास गरिरहेका शरणार्थीहरुले ११ बुँदे माग राखेर प्रदर्शन गरेका छन् ।
उनीहरुले काठमाडौं महाराजगञ्जस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनसीएचआर)को कार्यालय अगाडि विभिन्न माग राखेर सोमबार प्रदर्शन गरेका हुन् ।
शरणार्थीहरुले संयुक्त राष्ट्र संघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८ले उल्लेख गरेका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार लगायत बालबालिको अधिकार सुनिश्चित गर्न माग गरे ।
प्रदर्शनका उत्रिएका उनीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा केही शरणार्थीहरु घाइतेसमेत भएका छन् ।
यस्तै उनीहरुले नेपाल सरकारसँग शहरमा बस्ने शरणार्थीहरुलाई लाग्ने जरिवाना रोक्न र आफूहरुलाई शरणार्थीको रुपमा पहिचन दिन समेत आग्रह गरेका छन् ।
यस्तै उनीहरुले आफूहरुको परिवारलाई वैधानिक रुपमा काम गर्ने वातारण मिलाइ दिन, महिनामा खानाको व्यवस्था गर्न र औषधि उपचारमा सुरक्षा दिनसमेत नेपाल सरकारसँग आग्र गरेका छन् भने घर जान चाहनेलाई उनीहरुको आफ्नै घर फर्किने वातावरण चाँडै मिलाइ दिन आग्रह गरेका छन् ।
साथै उनीहरुले आफूहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेत्र नगर्न र सुरक्षा प्रदान गर्नेसमेत माग गरेका छन् ।
हेर्नुस् तस्वीरहरु :
प्रतिक्रिया 4