+
+
Shares

सरकारी नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेश, एक जना पक्राउ

राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १८:२५

१४ असार, काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा नियुक्तिका लागि पेश गरेको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको खुलेपछि प्रहरीले ललितपुर कुसुन्तीका माधवप्रसाद तिमल्सिनालाई पक्राउ गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास वोर्डको सञ्चालकमा नियुक्तिका लागि तिमल्सिनाले पाटन क्याम्पसबाट स्नातक उतीर्ण भएको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।

तर उनले पेश गरेको प्रमाणपत्रहरु कीर्ते गरेको खुलेपछि पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

ललितपुरको थसिखेलबाट पक्राउ परेका तिमल्सिनामाथि लिखत सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?