+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १२:३१

१५ असार, काठमामाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १०० रुपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा एक हजार २४० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?