+
+

वर्ल्डलिंकले नयाँ १० जीबीपीएस प्रविधिमा एफटीटीएच नेटवर्क अपग्रेड गर्दै

अब अपलोड स्पिड पनि डाउनलोड जत्तिकै दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १६:५५

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले गिगाबिट प्यासिभ अप्टिकल (जीपीओएन) नेटवर्क स्तरोन्नती गर्ने भएको छ । जसका लागि कम्पनीले आवश्यक पर्ने सबै परीक्षण समेत सफल रुपमा सम्पन्न गरेको छ ।

कम्पनीले फाईवर टु होम नेटवर्क अर्को सातादेखि क्रमशः एक्सजीएस-पोनमा अपग्रेड गर्दै लैजाने भएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिंक पहिलो कम्पनी हो ।

यससँगै अब फाईवर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि  सेवाप्रदायकहरुले  डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिंक तथा १.२५ जीबीपीएस अपलिंक असिमेट्रिक (Asymmetric) ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन । तर अब एक्सजीएस-पोन प्रविधिबाट सिमेट्रिक (Symmetric ) १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समान रुपमा दिन सकिने छ ।’

‘इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो बिन्दु (एक्सेस लोकेशन) हो, जहाँबाट इन्टरनेटको मुख्य फाइबर पूर्वाधार (प्यासिभ इन्फ्रास्ट्रक्चर) बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाइबर तार अलग्याएर लगिएको हुन्छ र घरको फाईवर राउटरमा जोडिएको हुन्छ’ कम्पनीले भनेको छ ।

जीपोनको तुलनामा नयाँ  १० जीबीपीएस एक्सजीएस पोनमा अपलिंक ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिंक ब्याण्डविथको क्षमता चार गुणा बढी हुने साथै पोन नेटवर्क लेटेन्सीमा (latency) पनि जीपोनको तुलनामा केहि सुधार हुने कम्पनीको दाबी छ ।

‘सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर सङ्ख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ,’ कम्पनीले भनेको छ, “साथै विद्यमान जीपोनको तुलनामा  एक्सजीएस-पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ ।’

निकट भविष्यमा एक्सजीएस-पोनलाई सोफ्टवेरबाट अपग्रेड गरी २५जी पोनको लागि पनि आफ्नो पूर्वाधार कम्पनी नोकियासँग पनि नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसबाट अब भविष्यमा १जीबीपीएस भन्दा बढी ब्याण्डविथ स्पीडमा इन्टरनेट सेवा दिन सकिने छ। कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर, भिडियो कन्फ्रेन्स जस्ता अपलिंक ब्याण्डविथ बडी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ । साथै, हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा एमपीएलएस डेटा सेवा दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?