१६ असार, भक्तपुर । सूर्यविनायक नगरपालिका-१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।
आज साँझ वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बाटोमा हिँडिरहेकी सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
घटनाका बारेमा महानगरीय प्रहरीवृत्त जगातीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको उनले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4