+
+

लगातारको वर्षापछि धनगढीकाे बजार क्षेत्र जलमग्न

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १०:३३

१६ असार, धनगढी । दुई दिनदेखिकाे अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाकाे बजार क्षेत्र जलमग्न भएकाे छ ।

उपमहानगरपालिकाकाे वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।

धनगढीमा पानीकाे निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानकाे समस्या भाेग्ने गरेका छन् ।

धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म राेकिएकाे छैन । वर्षा नराेकिएमा नगर क्षेत्र डुबानमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?