+
+

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १७:५७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित वेशीटोलमा रहेको चेतना आधारभूत विद्यालयमा खानेपानीको धारा निर्माण गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच भक्तपुर शाखाका प्रबन्धक अनु श्रेष्ठले उक्त धारा विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुले स्वस्थ पिउने पानी उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?