+
+

भीम रावलको माग : एसपीपी अस्वीकार गर्ने पत्र सार्वजनिक गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १८:२१
भीम रावल । फाइल तस्वीर

१६ असार, काठमाडौं । नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबार काडमाडौंमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए ।

देशव्यापी विरोधपछि एसपीपी रोकिएको भन्दै उनले भने, ‘त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’ पूर्वमन्त्री समेत रहेका रावलले गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप लगाए ।

७ भन्दाबढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको भन्दै उनले भने, ‘६ देखि ७ देशमा शरणार्थीहरु नेपालमा आएर धर्ना दिइरहेका छन् । एउटा विदेशी कपाल खैरो, छाला गोरो भएकी एउटा महिलाले बोलिरहेको देखेँ । यो देशमा गृह मन्त्रालय कहाँ छ ? परराष्ट्र नीति कहाँ छ ?’

उनले अघि भने, ‘कि हवाई जहाजबाट आउनुप¥यो । नभए भारतबाट आउँछन् । शरणार्थी अर्काको देशमा पठाउन पाइँदैन । अनि कसरी नेपालमा आए ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?