+
+

उधारो रकम नतिरेर फरार व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते ११:१४

१७ असार, वीरगञ्ज । उधारो कारोबार गरी रकम नतिरेर फरार भएका एक व्यक्तिलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजामलाई प्रहरीले पक्रेको हो ।

उनी चितवनको भरतपुर महानगरपालिका–४ स्थित गढीमाई सप्लायर्सका सन्चालक हुन् । उनीविरुद्ध कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं.४ बस्ने तिलकराम गुप्ताले उधारो कारोबार गरी फरार रहेको भनी उजुरी गरेका थिए ।

गुप्ताले सञ्चालन गरेको मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रा.लि.बाट ठाकुर हजामले ४५ लाखको उधारो कारोबार गरी फरार रहेको आरोप छ । ठाकुर हजामलाई उच्च अदालत पाटन हेटौंडा इजलास, संयुक्त वाणिज्य इजलासले २०७६ असार ७ गते १२ लाख २६ हजार जरिवाना र ७ कैद तोकेको थियो । तर उनी फरार भएका कारण अदालतको फैसला कार्यान्वयन हुन सकेको थिएन ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले असार १५ गते साँझ ७ बजे वीरगञ्ज–१ छपकैयाबाट हजाम ठाकुरलाई पक्राउ गर्न सफल भएको थियो । असार १७ गते उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?