+
+

हङकङमा कायम ‘एक देश दुई प्रणाली’लाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति सी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १३:१८

१७ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले हङकङमा कायम ‘एक देश दुई प्रणाली’लाई लामो समयसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । यो मोडेलले शहरको रक्षामा सकारात्मक भूमिका खेलेको राष्ट्रपति सीले बताए ।

हङकङको २५ औं वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘एक देश दुई प्रणालीको पटक–पटक परीक्षण र प्रमाणित गरिएको छ । यो राम्रो प्रणालीलाई परिवर्तन गर्नुपर्ने कुनै कारण छैन । यसलाई लामो समयसम्म पालना गर्नुपर्छ ।’

सन् १९९७ जुलाई १ मा ब्रिटेनले हङकङ चीनलाई फर्काएको थियो । त्यतिबेला देश एउटै भए पनि दुई शासन प्रणाली रहने सहमति भएको थियो । हङकङमा अहिले पनि यही मोडेल कायम छ । यो सहमति अनुसार आगामी ५० वर्षसम्म हङकङलाई आफ्नो स्वतन्त्र विधायिका र न्यायपालिका चुन्ने अधिकार छ ।

राष्ट्रपति सी तीव्र गतिको रेल चढेर हङकङको २५ औं वर्षगाँठमा सहभागी हुन हङकङ पुगेका थिए । उनलाई हङकङ प्रमुख क्यारी लामले स्वागत गरेकी थिइन् ।

हङकङमा वर्षगाँठको बेला विरोध प्रदर्शन हुने गर्दथ्यो । तर सन् २०२० मा सुरक्षा कानुन लागु गरेयता विरोध प्रदर्शन रोकिएको छ । वर्षगाँठ मनाउन बेइजिङमा सार्वजनिक विदा दिने गरिन्छ ।
सन् २०२० मा कोरोना महामारी सुरु भएपछि राष्ट्रपति सी बेइजिङबाट बाहिर भ्रमणमा गएको यो पहिलो पटक हो । यसअघि उनी सन् २०१७ मा हङकङ गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?