+
+

राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १४:४४

१७ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छिन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको रथयात्रामा सरिक भएकी राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरिन् ।

स्कोनकोतर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए । पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै नेपालीलाई एकीकृत गर्नु रथयात्राको मुख्य उद्देश्य रहेको जानकारी दिए ।

सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्रा सहर परिक्रमा गरी बेलुकी वसन्तपुरमा पुगेर सांस्कृतिक कार्यक्रमसहित समापन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?