+
+

सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १८:१६
फाइल तस्वीर

१७ असार, काठमाडौं । नेपालले भारतसँग सस्तोमा पेट्रोलियम पदार्थ खरिद गर्न अनौपचारिक कुराकानी सुरु गरेको छ । पेट्रोलियम पदार्थको चर्को मूल्यका कारण समग्र अर्थतन्त्रमै असर परेपछि सरकारले सस्तोमा इन्धन किन्न भारतसँग अनौपचारिक कुराकानी थालेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले बताए ।

भारतले रसिया लगायतका मुलुकबाट सस्तोमा इन्धन किनेका कारण त्यस्तो इन्धन नेपाललाई दिन सक्छ कि भन्ने अनुमानमा कुराकानी अघि बढाएको सचिव पाण्डेयले बताए ।

‘यो कुनै पाको भएको विषय होइन । हामी अनौपचारिक च्यानल प्रयोग गरिरहेका छौं,’ पाण्डेयले भने, ‘यदी यसो हुनसके मुलुकलाई ठूलो राहत मिल्ने थियो ।’

इन्धनको मूल्यका कारण समग्र अर्थतन्त्रमा असर हुनबाट जोगाउन सरकारले अधिक प्रयास गरिरहेको पनि पाण्डेयले बताए ।

सन् २०२० को जनवरीदेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको कच्चा पदार्थको मूल्य वृद्धि हुँदा प्रशोधित इन्धनको मूल्यको मारमा मुलुक पर्दै आएको छ । इन्धनको मूल्य वृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्दा महँगी ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।

इन्धनको उच्च मूल्यका कारण यसको कारोबार गर्ने नेपाल आयल निगमको घाटा १५ दिनमा १० अर्ब रुपैयाँ नाघ्न थालेको छ । निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता पनि बढ्दै गएको छ । निगमको पछिल्लो विवरणअनुसार यस्तो बक्यौता रकम २३ अर्ब पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?