+
+

सम्पदा संरक्षणका लागि युवा पदयात्रा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते २२:२४

१७ असार, काठमाडौं । राष्ट्रिय युवा परिषद पर्यटन पथप्रदर्शक युवा सञ्जालको आयोजनामा ‘सम्पदा पदयात्रा’ भएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाडौंको ठमेलस्थित सञ्चय कोष भवा अगाडि पदयात्राको उदघाटन गरे ।

पर्यटकीय क्षेत्र ठमेलका विभिन्न भाग हुँदै बसन्तपुरको दरवार स्क्वायर पुगेर पदयात्रा समापन भएको थियो।

समापन समारोहमा बोल्दै मन्त्री गहतराजले देशक‍ो विकासको मेरुदण्ड पर्यटन क्षेत्र भएको भन्दै पथप्रदर्शक युवाहरुले देश चिनाउन अत्यन्तै महत्त्वपूर्ण भूमिका रहने बताए।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सबै क्षेत्रका युवा समेट्ने योजना अनुसार पथप्रदर्शक युवा सञ्जाल गठन गरिएको बताए।

पदयात्रामा सहभागीहरुले ‘युवा पथप्रदर्शक देशको शान, पर्यटन प्रवर्द्धन यथेष्ट योगदान’, ‘नेपालमा पर्यटनको सौरभ, युवा पथप्रदर्शक देशको गौरव’ लेखिएका प्लेकार्ड बोकेका थिए।

पदयात्रामा परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्मा, टानका अध्यक्ष खुम सुवेदी, उपत्यका पर्यटन कार्यालयका टंक भट्टराई,  टुर्गानका अध्यक्ष वद्री नेपाल लगायतको सहभागिता थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?