+
+
प्रदेश सांसदले भने :

‘पहाडका बाँदर गुरिल्ला भए, पुरुषसँग भाग्छ, महिलालाई कुट्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १८ गते १९:५२

१८ असार, विराटनगर । प्रदेश १ का सांसदले पहाडी जिल्लामा बाँदर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश १ प्रदेशसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताए । उनले बादर नियन्त्रण गर्न नसक्दा मानिसहरु नै बिस्थापित भइरहेको बताए ।

‘पहाडमा ठूलो समस्या सिर्जना भएको छ । त्यो भनेको बाँदरको आतङ्क हो । मकै लगाए मकै खान्छ, कोदो लगाए कोदो खान्छ, जुनेलो लगाए जुनेलो खान्छ, मास लगाए मास खान्छ, बोडी लगाए बोडी खान्छ, सुन्तला लगाए सुन्लता खान्छ । केही बाँकी राख्दैनन्’, सांसद लिम्बुले भने, ‘ अहिले पहाडका बाँदर गुरिल्ला जस्तो हुन थाले, पुरुष देख्दा भागेजस्तो गर्छ, महिला खेद्न जाँदा त उल्टो आक्रमण गर्छ ।’

बाली खाने बाँदरले महिलालाई नटेर्ने उनले बताए । ‘मेरो छिमेकी महिलालाई पनि बाँदरले कुट्यो’, उनले भने, ‘बाँदरका कारण मानिसहरु विस्थापित भएका छन् । यसको विकल्प के हो ? बन्दुक हान्न पनि पाइँदैन होला, बाँदरको भ्यासेक्टोमी गर्ने हो कि विकल्प सोच्नुपर्‍यो ।’ बादरका कारण पहाडी जिल्लाबाट मधेश तर्फ बसाई सर्ने क्रम बढेको उनले बताए ।

शून्य समयमा बोल्ने क्रममा उनले नेपालको राष्ट्रlय झण्डाको दुरुपयोग भएको बताए । मानिसले घर र बाइकमा झण्डा राखेर दुरुपयोग गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?