+
+

सशस्त्र प्रहरी अस्पतालका डा. साहलाई सेवाबाट हटाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते ७:३३

१९ असार, काठमाडौं । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ ।

सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा.साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो ।

यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत उनी सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा. साहलाई सेवाबाट हटाउन गत जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

साथै गैरहाजिर रहनुको कारणसहित सफाई पेस गर्न यही असार २ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । सफाई पेस गर्न सात दिनको मौका दिइएकोमा त्यसको समेत बेवास्ता गरेको भन्दै मन्त्रालयले उनलाई सेवाबाट हटाउने प्रक्रिया थालिएको छ ।

मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरी सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? भनी स्पष्टीकरण सोधेको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) मा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?