+
+

केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते ८:०९

१९ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।

रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भिडभाड छ । गएराति त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो ।

काठमाडौं प्रहरी परिसरका एसपी मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?