+
+
केन्द्रीय कमिटी बैठक :

माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कम

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १०:२९
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । फाइल तस्वीर

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । तर, यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् ।

माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्ष चुनेको थियो । तर पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत बनाएको छैन ।

राष्ट्रिय सभागृहमा आइतबार बिहान ११ बजे बोलाइएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्नेछन् । अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो प्रस्ताव गर्ने कार्यसूची छ । तर महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यो बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको एक केन्द्रीय सदस्यले बताए ।

शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति नभएको एक नेताले बताए ।

केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी चुनावको कार्ययोजना पनि बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?