+
+

डोल्पामा पर्खाल भत्किँदा मजदुरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १२:४८

१९ असार, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने जाजरकोट नलगाड नगरपालिका-७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङको टोली घटनास्थल पुगेको थियो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?