+
+
माओवादी बैठक :

‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न बिर्सने दिन आइसक्यो’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १४:४७

१९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठेको छ ।

उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे ।

‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले भने ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो ।

नेता सिंखडाले गठबन्धनबाट नेपाली काङ्ग्रेसले धेरै फाइदा लिएको बताए । ‘राजधानी उपत्यकाको हालत के छ ? आज वडा जित्दा पनि गौरव गर्नुपर्ने अवस्था छ’ उनले भने ।

उनले मधेस र राजधानीमा पार्टी निर्माणमा लाग्न नेतृत्वलाई आग्रह गरे । गठबन्धनप्रति नेपाली कांग्रेस इमान्दार नभएको भन्दै नेता सिंखडाले माओवादीलाई हराउन कांग्रेसले अरु दलको साथ लिएको बताए ।

‘काङ्ग्रेससँगको गठबन्धनबारे गम्भीर रूपमा सोच्नुपर्छ’ उनले भने, ‘अहिले गठबन्धन हुँदैन भनेर जानुपर्छ । एकल रूपमा निर्वाचनको तयारी गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?