+
+

यस्तो छ सोसल मिडियाको इतिहास, हरेक ६० मिनेटमा के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १५:३०

१९ असार, काठमाडौं। सोसल मिडियाको शक्तिको आँकलन यसबाट पनि गर्न सकिन्छ कि यसले कसैलाई रातारात स्टार बनाउन सक्छ र कसैलाई क्षणभरमै आकासबाट जमिनमा झार्न सक्दछ । सोसल मिडियामा कुनै कुरा डढेलो जस्तै तिव्र गतिमा फैलिएर ‘भाइरल’ बन्दछ ।

सञ्चारको दुनियामा टेलिफोनको युग सबैभन्दा ठूलो परिवर्तनकारी युग थियो । त्यसपछि फ्याक्स मेसिनले मोर्चा सम्हाल्यो र अहिले सोसल मिडिया संसाको सबैभन्दा ठूलो सञ्चार प्रणाली बनेको छ । सोसल मिडियाको यो समयमा जोकोही मानिस कसैसँग सेकेण्डभरमा जोडिन सक्दछ ।

हरेक वर्ष जुन ३० मा विश्व सोसल मिडिया दिवस मनाइन्छ । यो दिवसको सुरुवात कसरी भयो ? सोसल मिडियाको इतिहास कस्तो रह्यो ? यसबारे केही चर्चा गरौँ ।

सोसल मिडियाको इतिहास

अमेरिकास्थित डिजिटल मिडिया प्लाटफर्म, समाचार साइट तथा मनोरञ्जन कम्पनीको रुपमा रहेको मेसेबलले सन् २०१० को जुन ३० देखि विश्व सोसल मिडिया दिवसको सुरुवात गरेको थियो ।

सोसल मिडिया दिवस मनाउनुको उद्देश्य पूरै विश्वको सञ्चार प्रणालीलाई सम्मान प्रदान गर्नु हो । आज संसारका अधिकांस मानिस दिनहुँ कुनै न कुनै सोसल मिडिया प्लाटफर्मको प्रयोग गरिरहेका हुन्छन् ।

सिक्सडिग्रीजलाई विश्वको पहिलो सोसल मिडिया प्लाटफर्म मानिन्छ । सन् १९९७ मा सुरुवात भएको उक्त सोसल मिडियाका संस्थापक एन्ड्रयू विनरेइच हुन् । उक्त प्लाटफर्म मार्फत् प्रयोगकर्ताहरु आफ्नो परिवारका सदस्य तथा साथीभाईहरुको ग्रुप बनाउन सक्दथे ।

यो प्लाटफर्मका प्रयोगकर्ता लाखौँको संख्यामा पुगिसकेका थिए । तर सन् २००१ मा सिक्सडिग्रिज बन्द भयो । यो प्लाटफर्म धेरै हदसम्म फेसबुक जस्तै थियो । यसमा तपाइँ आफ्नो प्रोफाइल बनाउन सक्नुहुन्थ्यो र फेसबुकमा जस्तै मानिसहरुलाई जोड्न सक्नुहुन्थ्यो ।

एक्काइसौँ सताब्दीमा सोसल मिडिया प्लाटफर्मको सुरुवात चाँहि फ्रेण्डस्टार्सबाट भयो । सन् २००२ मा सुरुवात भएको यो प्लाटफर्म एसियामा निकै लोकप्रिय पनि थियो।

लिंक्डइनलाई बिजनेसमा आधारित पहिलो सोसल मिडिया प्लाटफर्म मानिन्छ जुन २००३ मा लञ्च भएको थियो । माइस्पेश पनि एक सोसल मिडिया प्लाटफर्म थियो जुन सन् २००४ मा सुरुवात भएको थियो । सोही वर्ष फेब्रुअरीमा फेसबुकको सुरुवात भयो ।

सन् २००६ मा सोसल मिडियाको संसारमा माई स्पेसको दबदबा थियो र संसारको सबैभन्दा ठूलो सोसल मिडिया प्लाटफर्म बनेको थियो । तर त्यसपछि फेसबुकले सबैलाई पछाडि पार्यो । सन् २००६ को मार्चमा ट्वीटरको सुरुवात भयो ।

यसअघि सन् २००५ मा युट्यबको सुरुवात भएको थियो । सोही वर्ष पिन्टेरेस्ट पनि लञ्च भयो । सन् २००९ मा ह्वाट्सएप, सन् २०१० मा इन्स्टाग्राम, सन् २०११ मा स्नापच्याटको सुरुवात भयो भने सन् २०१६ मा टिकटक सुरुवात भएसँगै अहिले सोसल मिडिया जगतमा सर्वाधिक लोकप्रिय प्लाटफर्म बनिरहेको छ ।

सोसल मिडियामा हरेक एक मिनेटमा के हुन्छ ?

सन् २०२० मा सार्वजनिक एक रिपोर्ट अनुसार प्रत्येक ६० सेकेण्डमा युट्युबमा ४ हजार ३२० मिनेटका भिडियो अपलोड हुन्छन् । इन्स्टाग्राममा एक मिनेटमा २,१६,०० नयाँ फोटोहरु अपलोड हुन्छन् ।

त्यसका अलावा पिन्टरेस्टमा हरेक ६० सेकेण्डमा ३,४७२ वटा फोटो पिन हुन्छन् भने फेसबुकमा २४ लाख ६० हजार पोस्ट हुन्छन् । हरेक ६० सेकेण्डमा ट्वीटरमा २ लाख ७७ हजार नयाँ ट्वीट गरिन्छ भने स्नापच्याटमा हरेक दिन ६ अर्बवटा भिडियो हेरिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?