+
+

ठाउँको अभावमा आलोपालो सुत्छन् जाजरकोटका कैदीबन्दी

बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ ।

रासस रासस
२०७९ असार २० गते १२:४३

२० असार, जाजरकोट । बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी-बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ ।

सुधार गृहको रुपमा रहेको कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा बसाइँ व्यवस्थापनको समस्यले चुनौती थपिएको हो । पन्घ्र पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन् ।

कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सै्य्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउनुभएको छ । सङ्ख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ ।

कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उनको भनाइ थियो ।

जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरु मिलेर आलोपाले गरी सुत्नुपर्ने बाध्यता रहेको उनको गुनासो थियो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताए । उनले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेको छ, यसको समाधानका लागि पहल जारी रहेको बताए ।

सबैले काम गर्छु भन्छन् तर काम केही हुने होइन भन्दै कैदीबन्दीले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन, त्यसमा व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नुपरेको उनीहरुको भनाइ थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?