+
+
Shares

बाढीबाट बचे नुवाकोट केन्द्रीय कारागारका एक हजार कैदीबन्दी

रामहरि गजुरेल रामहरि गजुरेल
२०८३ भदौ १० गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बतबाट आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म असर पार्दा नुवाकोटको त्रिशूली किनारको केन्द्रीय कारागार बग्नबाट जोगिएको छ।
  • विदुर ३ खम्पाक्याम्पस्थित कारागारको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा इकाइ भवनमा क्षति पुगेको छ भने आसपासका संरचना बगाएका छन्।
  • बाढीपछि सुरक्षाकर्मी र करिब १ हजार कैदीबन्दीलाई सुरक्षित ब्लकमा सारिएको कारागार प्रमुख भेषबहादुर कुँवरले जानकारी दिए।

१० भदौ, नुवाकोट । चीनको तिब्बतदेखि रसुवा, नुवाकोट, धादिङ भइ चितवनसम्म तहसनहस बनाउँदै आएको बाढीले त्रिशूली नदी किनारमा भएको केन्द्रीय कारागार भने जोगिएको छ । विदुर वडा नं. ३ स्थित खम्पाक्याम्पमा रहेको उक्त कारागारमा बाढीले आंशिक क्षति पुर्याए पनि बगाउनबाट बचेको हो ।

कारागार प्रमुख भेषबहादुर कुँवरका अनुसार कारागारको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा इकाइ भवनमा क्षति पुगेको छ । कारागार आसपासका अन्य संरचनाहरु भने बाढीले बगाएको छ ।कारागारमा कैदीबन्दी राखिएको भवनको पहिलो तलामा बाढी पसेको छ भने बगाउनबाट जोगिएको प्रमुख कुँवरले जानकारी दिए ।

कैदीबन्दीको सुरक्षामा रहेका सुरक्षाकर्मीहरूसहित एक हजारको संख्यामा रहेका कैदीबन्दी सुरक्षित रहेका छन् । बाढी प्रभावित भएपछि त्यहाँ रहेका सबै कैदीबन्दीलाई सुरक्षित ब्लकमा सारिएको छ । रसुवा र नुवाकोटका विभिन्न तटीय क्षेत्रमा बाढीले ठूलो असर पुर्याएको छ ।

लेखक
रामहरि गजुरेल

गजुरेल नुवाकोटमा क्रियाशील पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?