१७ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीले बुधबार शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री यादवले नेपाल र यूएईबीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा यूएई राजदूत शाम्सीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको जानकारी दिए ।
सो विषयमा मन्त्री यादवले यूएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4