+
+

अप्पर सोलु हाइड्रोको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १३:१७

२० असार, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ खुला भएको छ । कम्पनीको १८ लाख २० हजार ४७५ कित्ता साधारण सेयरका लागि सोमबारदेखि आवेदन खुला भएको हो ।

कम्पनीको कुल १ अर्ब ३५ करोड पूँजीबाट २४.५ प्रतिशत अर्थात ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गरिएको थियो । यसमध्ये १३ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँट गरिएको छ । ३९ हजार १५० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरिएको छ ।

९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी १८ लाख २० हजार ४७५ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको हो ।

सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सेयर भर्ने मिति छिटोमा २३ असार र ढिलोमा २ साउन तोकिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?