+
+

दीपक-दीपाले दर्ता गरे ‘श्री माग्ने राजा’ शीर्षकमा नयाँ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १३:४६
फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डमा दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्म ‘श्री माग्ने राजा’को शीर्षक दर्ता भएको छ ।

जेठ १७ गते यो शीर्षक दर्ता भएको बोर्ड स्रोतले जानकारी दियो । फिल्मको कलाकारमा दीपक-दीपासहित निर्मल शर्माको नाम पनि उल्लेख छ ।

डेढ करोड रुपैयाँ बजेट बताइएको फिल्मलाई आमा सरस्वती मुभिजले निर्माण गर्ने भएको छ । तर निर्माता एवं अभिनेता गिरीले ‘छक्का पञ्जा ४’ पनि बोर्डमा दर्ता भइसकेकाले कुन फिल्मको पहिला छायांकन सुरु हुन्छ भन्ने कुरा यकिन नभएको बताए ।

‘श्री माग्ने राजा र छक्कापञ्जा ४’ दुवै दर्ता भएको छ । तर यीमध्ये कुन फिल्म पहिला सुटिङमा जान्छ भन्ने कुरा निर्णय भइसकेको छैन,’ गिरीले अनलाइनखबरसँग भने, ‘हामी स्क्रिप्टलाई पूर्णता दिने प्रयासमा छौं । सुटिङमा जानुअघि टाइटल टुंगो लाग्दैन ।’

‘श्री माग्ने राजा’को टाइटल दर्ता गर्दा निर्देशकको नाम रिक्त राखिएको छ । तर जुन फिल्म फ्लोरमा गए पनि निर्देशक चाहिं हेमराज बीसी नै हुनेछन् । दीपक-दीपाले रोहित अधिकारीसँग मिलेर गर्ने फिल्म ‘छोडपत्र’ यसअघि बोर्डमा दर्ता भइसकेको छ ।

यतिबेला दीपक र हेमराज स्क्रिप्ट लेखनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?