+
+

एक कैदीको कथामा आधारित फिल्म ‘भोला’को निर्देशन गर्दै अजय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते १७:५७

काठमाडौं । बलिउड अभिनेता तथा निर्माता अजय देवगण अहिले आफ्नो चौथो फिल्म निर्देशन गर्दैछन् । ‘भोला’ शीर्षकको यो फिल्मको मुख्य भूमिकामा अजय स्वयं र तब्बु छन् ।

मर्मस्पर्शी र एक्सन दृश्यले भरिपूर्ण बताइएको यो फिल्मको छायांकन अगस्ट २० मा सक्ने योजना छ । अजयले यसअघि फिल्म यु मी और हम, शिवाय र रनवे ३४ निर्देशन गरिसकेका छन् ।

अप्रिलमा रिलिज भएको ‘रनवे ३४’ को रिलिज यति चाँडो कसरी सम्भव भयो भनेर सोधिएको प्रश्नमा मुस्कुराउँदै अजयले भनेका थिए, ‘तयारी त पहिले नै भइसकेको थियो । यो त फेरि क्यामेरा पछि बसेर तीन जनालाई भन्नु प्रश्न मात्रै थियो, जादुयी शब्दहरु लाइट, क्यामेरा, एक्सन ।

‘भोला’ तमिल ब्लकबस्टर फिल्म ‘कैथी’को रिमेक हो । लोकेश कनगराज निर्देशित सन् २०१९ को फिल्म एक कैदीको वरपर घुम्छ । कर्थी नामक उक्त मुख्य पात्रले आफूमाथि तस्करको आक्रमण भएपछि प्रहरीलाई सघाउने कथावस्तु यसमा छ ।

त्यसको बदलामा प्रहरीले उसलाई छोरीसँग भेट्न सघाउँछ । अजयको अघिल्लो फिल्म ‘रनवे ३४’ गत अप्रिलमा प्रदर्शन भएको थियो । उनी इन्द्रकुमारको नयाँ फिल्म ‘थ्यांक गड’मा सिद्धार्थ मलहोत्रा  र रकुलप्रीत सिंहसँग देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?