+
+
Shares

मधेश प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २० गते २०:२४
लालबाबु राउत

२० असार, जनकपुरधाम । मधेश प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु भएको छ । असार २४ गतेभित्र बीमा गर्ने भन्दै द्रूत गतिमा काम गर्न प्रदेश सरकारले सबै पालिकासँग आग्रह गरेको छ ।

सुरुमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमार्फत सञ्चालन भएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अब सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको छ । मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयलाई यो जिम्मेवारी दिइएको छ ।

आइतबार निर्देशनालय र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएपछि निर्देशनालयले१ माघ २०७८ पछि जन्मिएका छोरीको विवरण असार २४ गतेसम्ममा पठाउन सूचना जारी गरेको छ ।

मुख्यमन्त्री राउतले छोरी शिक्षा बीमा कार्यक्रममा सहयोग गर्न पालिका प्रमुखसँग आग्रह गरेका छन् । ‘१ माघ २०७८ पछि जन्मिएका प्रदेशभित्रका छोरीहरुको ३ लाखको विमा प्रदेश सरकारले गर्ने भएको हुँदा असार २४ गते भित्र आ–आफनो पालिकाका छोरीहरुको फारम भर्न लगाई मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरि दिनु हुन अनुरोध छ’ मुख्यमन्त्रीले पालिका प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ ।

९ फागुन, २०७५ मा सुरु भएको यो अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । त्यस बेला करिब ७ हजार छोरीको बीमा गरेको भए पनि २ वर्षदेखि यो कार्यक्रम बन्द भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?