+
+

रुसले नियन्त्रणमा लियो युक्रेनको लुहांस्क क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते ६:२२

२१ असार, काठमाडौं । रुसले युक्रेनको एक महत्वपूर्ण शहर नियन्त्रणमा लिएको छ । भिषण संघर्षपछि युक्रेनको पूर्वी शहर लिसिचांस्कमा रुसले नियन्त्रण कायम गरेको हो । योसँगै पूरै लुहांस्क क्षेत्र नियन्त्रणमा लिन रुस सफल भएको छ ।

लिसिचांस्क शहर रुसी सेनाको नियन्त्रणमा रहेको युक्रेनको सेनाले पनि पुष्टि गरेको छ । युक्रेनी सेनाका जनरल स्टाफले भनेका छन्, ‘लिसिचांस्कका लागि भिषण युद्धपछि युक्रेनका रक्षा बल पछि हट्न बाध्य भएका छन् ।’

उनले भनेका छन्, ‘रुससँग अत्याधुनिक गोलाबारुद, विमान, मानव संसाधन र अन्य बल थियो, युक्रेनी सेनालाई ज्यान जोगाउनका लागि पछि हट्न भनिएको छ ।’

यसअघि रुसका रक्षामन्त्री सर्गेइ शोइगुले पनि लिसिचांस्क शहर कब्जा गरेको बताएका थिए ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने अहिले पछि हटे पनि युक्रेनी सेना लिसिचांस्क शहरमा फर्किने दाबी गरेका छन् । उनले डटेर रुसी सेनाविरुद्ध लडेको भन्दै आफ्ना सैनिकलाई धन्यवाद पनि दिएका छन् ।

यसअघि रुसको चेचेन्या गणराज्यका प्रमुख रमजान कादिरोभले सार्वजनिक गरेको एक भिडियोमा चेचेन लडाकु लिसिचांस्कको मध्यमा देखिन्छन् । उनीहरु पश्चिमतर्फ अघि बढिरहेका छन् । युक्रेनको नियन्त्रणमा रहेको स्लोभियांस्क शहरमा संघर्ष जारी छ । सोमबारसम्म त्यहाँ ६ जनाको मृत्यु भएको थियो । लिसिचांस्क दोनेत्स्क क्षेत्रमा पर्दछ । दोनेत्सक र लुहांस्क मिलेर बनेको औद्योगिक डोनबास क्षेत्र बनेको छ । लुहांस्क क्षेत्र रुसको नियन्त्रणमा रहे पनि दोनेत्स्का दुई ठूला शहर स्लोवियांस्क र क्रेमातोरस्कमा युक्रेनको नियन्त्रण कायम छ ।

एक साता अगाडि रुसी सैनिकले सेवेरोदोनोत्स्कमा कब्जा जमाएका थिए । यो शहर रुसी बमबारीबाट पूर्णरुपमा ध्वस्त भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?