+
+
Shares

युक्रेनी आक्रमण विफल पारेको रुसको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते ६:४८

७ साउन, साउन । रूसी सेनाले सेवास्तोपोल सहरमा युक्रेनी सेनाको आक्रमण विफल पारिरहेको दाबी गरेको छ ।

यहाँका गभर्नर मिखाइल राजभोजायेभले चार वटा युएभी नष्ट भइसकेको जानकारी गराएका छन् ।

गभर्नर राजभोजायेभले भने, ‘सेवास्तोपोलमा सेनाले युक्रेनी सेनाको आक्रमण निस्तेज पारिरहेको छ, जहाँ एयर डिफेन्स सिस्टम र मोबाइल फायर ग्रुपहरू सक्रिय छन्। बालाक्लाभा जिल्लामा चार वटा युएभी खसालिसकिएको छ।’

यसअघि सहरमा एयर रेड एलर्ट घोषणा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?