+
+

फिल्म ‘काली’को पोस्टर विवाद चर्किंदै, दिल्ली प्रहरीमा मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १२:२६

काठमाडौं । फिल्म ‘काली’को पोस्टर सार्वजनिक भएसँगै विवादमा परेको छ । लीना मणिमेक निर्देशित डकुमेन्ट्री फिल्मको पोस्टरमा देवीले चुरोट तानिरहेको चित्रण गरिएपछि विवाद सिर्जना भएको हो ।

फिल्मको पोस्टरमा कालीको एक हातमा एलजीबीटी समुदायको सप्तरंगी झण्डा पनि देखाइएको छ । पोस्टर विवादित भएपछि यो विषय प्रहरीमा समेत पुगेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उजुरी दर्ता भएपछि दिल्ली प्रहरीको आईएफएसओ युनिटले काली फिल्मको विवादित पोस्टरको विषयमा कारबाही थालेको छ । प्रहरीले फिल्मी निर्देशक लीना मणिमेकलाई यसविरुद्ध धर्म र जाति समुदायको भावनामाथि आघात पुर्‍याएको आरोपमा मुद्दा दर्ता गराएको छ ।

उनलाई बोलाएर आवश्यक सोधपुछ गर्ने तयारी भइरहेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । हिन्दू देवताको अपमानजनक चित्रण गरेको भन्दै ‘काली’की निर्देशक लीनाविरुद्ध उत्तरप्रदेश प्रहरीमा पनि मुद्दा दर्ता भएको छ ।

फिल्म निर्माता तथा निर्देशक लीनाले जुलाई २ मा आफ्नो डकुमेन्ट्री फिल्म ‘काली’को पोस्टर सेयर गरेकी थिइन् । त्यसलगत्तै पोस्टर विवादमा आएको थियो ।

क्यानडाको ओटावास्थित भारतीय उच्चायोगले पनि विरोधमा विज्ञप्ति नै निकालेको छ र पोस्टर हटाउन भनेको छ ।

लीनाले भने विवादित बनेको पोस्टर मानवताको स्वरुप भएको र यसले विविधताको सम्मान गर्ने दाबी गरेकी छन् । उनले भनिन्, ‘फिल्म एक यस्तो घटनामा आधारित छ, मुख्य पात्र घुम्दै जाँदा काली प्रकट हुन्छिन् र टोरन्टोको सडकमा टहलिन्छिन् । यो कथालाई आपत्ति मान्नुपर्ने केही छ जस्तो लाग्दैन ।’

क्यानडामा अध्ययनरत उनले टोरोन्टोस्थित अघा खान म्युजियमको अन्डर त टेन्ट प्रोजेक्ट अन्तर्गत यो फिल्म बनाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?