+
+

वेलायती संसदमा इनफ इज इनफ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते १९:३१

२२ असार, काठमाडौं । वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र क्षमतामाथि प्रश्न उठाएर राजीनामा दिएका स्वास्थ्मन्त्री साजिद जावेदले  जोन्सनको बचाउमा रहेका मन्त्रीहरुप्रति लक्षित गर्दै भनेका छन् ‘इनफ इज इनफ’ ।

गलत सूचनाका आधारमा प्रधानमन्त्रीको रक्षामा उत्रिएको भन्दै जावेदले ती मन्त्रीहरुको आलोचना गरे ।

आफूसँगै राजीनामा नदिने मन्त्रीहरुलाई लक्षित गर्दै जावेदले भने ‘केही नगर्नु पनि एउटा उचित बिकल्प हो ।’

उनले अब अरु वरिष्ठ तथा कनिष्ठ मन्त्रीहरूले राजीनामा दिएमा आश्चर्यजनक नहुने बताए ।

यसअघि उनले सरकारले जनता र देशको हितमा काम नगरेको भन्दै राजीनामा दिएका थिए । उनीपछि जोन्सन सरकारका केही मन्त्री र सहयोगीले पनि राजीनामा गरेका छन् । जसले जोन्सन संकटमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?