+
+

नेपाल क्यानडासँग ८३ रनले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते ८:४०

२३ असार, काठमाडौं । घरेलु टोली क्यानडाविरुद्धको दोस्रो एक दिवसीयमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको छ ।

किङ सिटी स्टेडियममा बुधबार राति भएको खेलमा क्यानडाले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा अलआउट भयो ।

नेपालका लागि देव खनालले सर्वाधिक २६ र पवन सर्राफले १४ रन बनाए । विनोद भण्डारी, बसिर अहमेद र आदिल आलम समान १३ रन जोडे ।

क्यानडाका अमर खालीद, सलमान नजर,रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभाले ५० रन बनाए । आरोन जोनसनले ४४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

नेपाल र क्यानडाविरुद्धको पहिलो एक दिवसीय भने वर्षाका कारण रद्द भएको थियो ।

लिग टू को तयारीका लागि नेपालले क्यानडा भ्रमण गरेको हो ।तर,  क्यानडासँगको दुई खेलको शृङ्खला नेपालले १-० ले गुमायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?