+
+

कण्डमको मूल्य १ लाख रुपैयाँ पुगेपछि…

मानिसहरू हरेक महिना आफ्नो तलबको करिब आधा रकम कण्डम तथा पिल्स जस्ता गर्भनिरोधका साधन खरिद गर्नमै खर्चिने गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १०:३९

संसारका धेरै देशहरुमा सरकारले अस्थायी साधन कण्डम जनतालाई सित्तैमा उपलब्ध गराउँछ । तर एउटा देश यस्तो छ जहाँ कण्डमको मूल्यमा चरम वृद्धि हुँदा जनतामा हाहाकार मच्चिएको छ । उक्त देशमा कण्डमको एक प्याकेटको मूल्य झण्डै एक लाख रुपैयाँ पुगेको छ ।

कण्डमको मूल्य अस्वभाविक रुपमा बढेको देश हो भेनेजुयला । उक्त दक्षिण अमेरिकी मुलुकमा एक प्याकेट कण्डम ९६ हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भैरहेको छ ।

यति महँगो हुँदाहुँदै पनि कण्डम किन्नका लागि औषधि पसल तथा कण्डम पाइने स्टोरहरू बाहिर मानिसहरुको ठूलो भीड लाग्ने गरेको छ । कण्डम मात्र होइन गर्भनिरोधक पिल्सको मूल्यले पनि भेनेजुयलामा आकाश छोएको छ ।

भेनेजुयला यस्तो देश हो जहाँ गर्भपतन गर्नु गैरकानुनी हुन्छ । यदि कसैले कानुनविपरीत गर्भपतन गराएको पाइएमा कडा सजाय हुन्छ ।

संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या रिपोर्ट सन् २०१५ अनुसार भेनेजुयलामा किशोरीहरुमा गर्भाधारणको सबैभन्दा धेरै घटना सार्वजनिक भएका थिए । अविवाहित किशोरीहरू गर्भवती हुने मामिलामा भेनेजुयला दक्षिण अमेरिकामै सबैभन्दा अगाडि छ ।

भेनेजुयलामा अस्थायी गर्भनिरोधका लागि महिलाले प्रयोग गर्ने अन्य विभिन्न साधनसमेत उपलब्ध भए पनि पुरुष कण्डम नै पहिलो रोजाइमा पर्ने गरेको छ ।

समाचार अनुसार कतिपय मानिसहरू हरेक महिना आफ्नो तलबको करिब आधा रकम कण्डम तथा पिल्स जस्ता गर्भनिरोधका साधन खरिद गर्नमै खर्चिने गरेका छन् ।

स्मरणरहोस् अमेरिकालगायतका पश्चिमा मुलुकहरूको प्रतिबन्धका कारण भेनेजुयलामा उपभोग्य सामानहरूमासमेत चरम मूल्यवृद्धि भएको छ र त्यहाँको मुद्राको अवमूल्यन अति उच्च भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?