+
+

तिहारको बक्स अफिस समीकरण : दयाहाङ भर्सेस दयाहाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते ११:२४

काठमाडौं । नेपाली बक्स अफिसमा तिहारको समीकरण रोचक हुने देखिएको छ । चार घरेलु फिल्मसहित हलिउडको प्रतीक्षित ‘ब्ल्याक आडम’ कात्तिक ४ गते प्रदर्शनको तयारीमा छन् ।

तिहार छेको भएकाले पनि आकर्षक कमाइ हुने स्वार्थमा निर्माताले उक्त मितिमा फिल्मलाई प्रदर्शन गर्न लागेका हुन् । दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ले बुधबार बेलुका पत्रकार सम्मेलन गर्दै कात्तिक ४ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेको छ ।

दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका रहेको यो सोसल ड्रामा लाइनअपलाई लिएर प्रतीक्षित छ । यस्तोमा सोही मितिमा दयाहाङ र सौगात मल्लको अर्को फिल्म ‘२ नम्बरी’समेत प्रदर्शन हुनेछ ।

सन्तोष पन्तको ‘नालापानी’ र सलोन बस्नेतको ‘मिलन’ पनि सोही मितिमा प्रदर्शन हुनेछ । एउटै मितिमा दयाहाङका दुई फिल्मले प्रदर्शन मिति तय गरेपछि असामञ्जस्यताको स्थिति सिर्जना भएको छ ।

एउटै मितिमा एउटै स्टारको दुई फिल्म आउनु कलाकारको निजत्व र फिल्मको व्यावसायिक भविष्यलाई जोखिमपूर्ण मानिन्छ । साथै, प्रचारप्रसारमा हिंड्न पनि कलाकारलाई नैतिक समस्या हुन्छ ।

‘परस्त्री’ फागुन १९ मा

निर्मात्री शर्मिला पाण्डेले बुधबारको पत्रकार सम्मेलनमा आफू निर्मित फिल्म परस्त्रीको प्रदर्शन मिति घोषणा गरिन् । उनका अनुसार यो फिल्म फागुन १९ मा रिलिज हुनेछ ।

दीपेन्द्र के खनालको ‘के घर के डेरा’ कात्तिक ४ गतेको मितिमा आउने जनाउँदै उनले सुरज पाण्डेको डेब्यु निर्देशन रहने ‘परस्त्री’को डेटबारे पनि कुरा गरिन् । तर उक्त पत्रकार सम्मेलनमा निर्देशक खनाल उपस्थित भएनन् । उनको अनुपस्थिति कात्तिक ४ गते सिर्जना भएको असहज स्थितिलाई एउटा अर्थपूर्ण सन्देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?