+
+

बुढीगंगामा शान्तिपूर्ण रुपमा मतदान चल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १२:३३

२३ असार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर फेरि मतदान गरिएको हो ।

बिहान ७ बजेदेखि सुरु भएके मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा चलिरहेको छ । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वको टोली खटाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले शान्तिपूर्ण वातावरणमा चुनाव भइरहेको जानकारी दिए । बुढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

३० वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै रद्ध गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?