+
+
Shares

बाजुरामा बसमाथि बजारियो ढुंगा (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुकाह खोलामा रोकिराखेको भे १ ख २८३१ नम्बरको बसमाथि माथिबाट ढुंगा खसेर क्षति पुगेको छ।
  • जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराले सडकमा बस नचढेपछि सबै यात्रुलाई ओरालिएका कारण मानवीय क्षति नभएको जानकारी दिइन्।
  • बसमा कोही पनि नभएको समयमा माथिबाट ढुंगा झरेर बसमा लाग्न पुगेको प्रहरीले जनाएको छ।

२५ साउन, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा बसमाथि ढुंगा बजारिएको छ ।

भे १ ख २८३१ नम्बरको रोकिराखेको बसमाथि ढुंगा बजारिएको जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराले जानकारी दिइन् ।

उनका अनुसार, बसमा कोही पनि रहेका थिएनन् । बस सडकमा नचढेपछि सबै यात्रुलाई ओरालिएको थियो ।

सोही बेलामा माथिबाट ढुंगा झरेर बसमा लाग्न पुगेको डीएसपी बोहराले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?