+
+

माओवादी केन्द्रले एमसीसीबारे चुनावपछि विशेष बहस गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १३:०९

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे आम चुनावपछि मात्र पार्टीमा बहस गर्ने बताएका छन् ।

प्रतिनिधिसभाले १२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी पास गरेको थियो । तर नारायणकाजी श्रेष्ठ समूहका नेताहरुले असन्तुष्टि जनाएका थिए । त्यसबेला स्थानीय चुनावपछि पार्टीमा छलफल गर्ने र फरक मत आए तल्लो तहसम्म लैजाने सहमति भएको थियो । त्यतिबेला २० जेठमा केन्द्रीय समिति बैठकको मिति समेत तोकिएको थियो ।

तर पटक पटक मिति सर्दै बैठक १९ असारमा सुरु भयो । तर यो बैठकमा एमसीसी एजेण्डामै परेन । बिहीबार यही बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीबारे संघ र प्रदेशको निर्वाचनपछि विशेष बहस गर्ने बताएका छन् ।

उनले भने, ‘एमसीसीबारे फोरम चलाउने भनेका थियौं । एमसीसीले पार्टी भित्र राष्ट्रघाती र राष्ट्रवादी जस्तै भएको थियो । एसपीपीपछि त्यो प्रष्ट भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?