+
+

भविष्यलाई ध्यानमा राखेर युवा खेलाडीसँग सम्झौता गर्दै रियल मड्रिड

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १७:११

२३ असार, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले टिमको भविष्यलाई पनि ध्यानमा राखेर युवा खेलाडीसँग पनि सम्झौता गर्दै आएको छ ।

नयाँ सिजनअघि एन्टोनीयो रुटिगर, अउरेलियन चुवानमी र भेट्रान मिडपिल्डर लुका मोडरिचलाई अनुबन्ध गरेको रियलले युवा खेलाडीहरुसँग लामो समयमको सम्झौता गरिरहेको छ ।

भिनिसियस जुनियर, रोड्रिगो गोस र एडर मिलिटाओसँग सम्झौता नवीकरण गर्दै रियलले भविष्य सुरषित गर्न लागेको हो ।

यी तीन ब्राजिलियन खेलाडी, थिबाउट कोर्तवा, फेड भेलभर्ड, एडुवार्ड कामाभिंगा सँगै दुई नयाँ खेलाडीले रियलसँग लामो समयको सम्झौता गर्दैछन् ।

२२ वर्षीय चुवामेनी अहिले क्लबमा सबैभन्दा लामो सम्झौता गर्ने खेलाडी हुन् । उनी २०२८ सम्म रियलमा हुनेछन् ।

गत सिजन गरेको प्रदर्शनका आधारमा रियलले रोड्रिगो र मिलिटाओले लामो समय सम्झौता गर्न चाहेको छ । यी दुईको सम्झौता २०२५ सम्म छ ।

भेलभर्ड, कामाभिंगा र भिनिसियस तीन युवा खेलाडीले गत सिजन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यी खेलाडी रियलको मुख्य खेलाडी बन्ने क्रममा छन् । दुई मिडफिल्डरले टिममा उर्जा थपेका थिए भने भिनिसयले २२ गोल गर्नुका साथै २० असिस्ट गरेका थिए । भिनिसियले सम्झौता नवीकरण गर्ने पक्का छ तर २०२७ वा २०२८ कहिलेसम्म गर्नछन् भन्ने निर्णय हुन बाँकी छ ।

भेलभर्ड र कामाभिंगासँग रियलले २०२७ सम्मको सम्झौता गरिसकेको छ ।

डेभिड अलावा बायर्न म्युनिख र एन्टोनी रुडिगर चेल्सीबाट फ्रि ट्रान्सफरमा रियल आएका हुन् । अष्ट्रेलियन अलावाले पाँच वर्षको र रुडिगरले चार वर्षको सम्झौता गरेका छन् । यी दुवै २०२६ सम्म क्लबमा रहनेछन् ।

यस्तै बेल्जियन गोलकिपर कोर्तवाको सम्झौता २०२६ सम्म नै छ तर त्यतिबेला उनी ३४ वर्ष हुनेछन् ।

लुका मोडरिच अर्को सिजनसम्म रियलमा बस्नेछन् र यदी उनले राम्रो खेलमा फेरि सम्झौता नवीकरण गर्न सक्नेछन् । करिम बेन्जेमा र टोनी क्रुसका लागि पनि यही लागु हुनेछ । दुवैको सम्झौता २०२३ सम्म छ ।

नाचो फर्नान्डेजले पनि रियलसँग सम्झौता नवीकरण गर्ने सम्भावना छ । तर मार्को असेन्सियो, डानी सेवायोस, बोजा मोयारल र मारियानो डियाजले भने यस समरमा क्लब छाड्ने सम्भावना छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?