+
+

बाजुराको बुढीगंगामा ६७ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १९:४४

२३ असार, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । कडा सुरक्षा व्यवस्थाका बीच बिहीबार दिनभर भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

बुढीगंगा नगरपालिका -९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद भएपछि बिहीबार दिउँसो प्रहरीले हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । नगरपालिकाका १० मतदान स्थलका १९ मतदान केन्द्रमा एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

वैशाख ३० गते भएको निर्वाचन यस नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

नगर प्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातीलाई सत्ता गठबन्धनका अरु दलको पनि समर्थन छ ।

मतपेटिका संंकलन हुँदै

साँझ ५ बजे मतदान सकिएपछि अहिले मतपेटिका संकलनको काम भइरहेको छ । नगरपालिकाको केन्द्र टाटेमा मतपेटिका संकलन गर्ने र त्यसपछि सर्वदलीय बैठकको सहमति अनुसार मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?